काठमाडौं । चीनको तेस्रो राष्ट्रपतिको रुपमा सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन भएका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मत रुपमा राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
अन्तरास्ट्रिय समाचारमा उल्लेख भएअनुसार ६९ वर्षीय सीलाई ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको हो ।
योसँगै उनले माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो बनाएका छन् ।
सीविरुद्धमा कोही प्रतिस्पर्धी थिएनन् । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् । झाओ लेजी संसदका नयाँ सभामुख र हान झेंग उपाध्यक्षमा निर्वाचित भएका छन् ।