November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पूर्व राज्यमन्त्री राय जुवा खालबाट पक्राउ

२०७७ कार्तिक १६

3.6K

काठमाडौं –  पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर  प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। पछिल्लो समय राजनीतिमा निष्क्रिय रहे पनि राय यसअघि २०५२ सालमा शेरबहादुर देउवा, २०५३ सालमा लोकेन्द्रबहादुर चन्द र २०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राज्यमन्त्री भएका थिए।

जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।

Advertisement