April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

फेरि चम्किन थाल्यो सेयर बजार

2.1K

काठमाडौं – नयाँ वर्ष सुरु भएसँगै सेयर बजारमा पुनः चमक आउन सुरु भएको छ । सन् २०२१ को पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ४.२२ अंकले बढेको हो । कुल ८८.१२ प्रतिशतले बढेको परिसूचक आइतबारको अन्तिम कारोबारपछि २ हजार १ सय ७५ दशमलब ३९ विन्दुमा पुगेको छ ।

यो दिन कुल ६ अर्ब ३४ करोडको ४० लाख रुपैयाँ बराबरका शेयर खरिदबिक्री भएका छन् । कारोबारको सुरुदेखिनै तीव्र रुपले बढेको बजारमा कारोबार भएका १ सय ७४ कम्पनीमध्ये आइतबार १ सय ५२ कम्पनीको मूल्यमा बढोत्तरी भएको छ । १४ वटा कम्पनीको मूल्य घट्दा बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ ।

आइतबार सबै उपसूचकहरु बढे पनि सबैभन्दा बढी बढोत्तरी व्यापारमूलक क्षेत्रमा ९.६४ प्रतिशतले भएको छ । त्यस्तै, अन्य क्षेत्रका परिसूचक पनि ६.१४ प्रतिशतले बढेको छ । 
उच्च वृद्धिका बाबजुद यो दिन ५ वटा कम्पनीको मात्रै मूल्यमा सकारात्मकसर्किछ लागेका छ ।

Advertisement