April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने

२०७९ फाल्गुन १३

1.8K

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको उमेदवार रामचन्द्र पौडेललाई बनाउने पक्कापक्की गरेको छ । शनिबार विहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको हो ।

पौडेल आठ दलको तर्फबाट साझा उम्मेदवार बनेका हुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेता रामचन्द्र पौडेलको नाम राष्ट्रपति उमेदवारमा प्रस्ताव गरेका थिए । बैठकले पौडेलको नाममा निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले संचारमाध्यमहरुलाई जानकारी दिएका छन् । राष्ट्रपतिका अर्का दाबेदार कृष्ण सिटौला पछि हटेका छन् ।

राष्ट्रपति निर्वाचनका लागि आज शनिबार उमेदवारी दर्ता हुँदै छ । यसका लागि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मका लागि समय तय गरिएको छ ।

Advertisement