November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आङबो सङजुम्भोको प्रथम महाधिवेशन सम्पन्न

2.1K

काठमाडौं । आङबो सङजुम्भोको प्रथम महाधिवेशन सम्पन्न भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर-७ पाबुङदेनमा सम्पन्न अधिवेशनले काठमाडौंका आइन्द्र कुमार आङबोको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको बरिस्ठ उपाध्यक्षमा यामकुमार आङबो (नांगिन) चयन भएका छन् भने उपाध्यक्षमा सागर आङबो (काठमाडौं), रेनुका आङबो (खुंगा), मनेष आङबो (खुंगा) र दिलीप आङबो (काठमाडौं) चयन भएका छन्।

यसैगरी समितिको महासचिवमा सुरेश आङबो (इलाम माई), सचिवमा समुन्द्र आङबो (थोप्पन) र आशिष आङबो (नांगिन) चयन भएका छन् भने कोषाध्क्षमा मनिषा आङबो (चम्पेटार) व्हयन भएका छन् ।

Advertisement

समितिको सदस्यहरूमा गणेशकुमार आङबो (सिक्किम), प्रेम कुमार आङबो (झापा), शंकर आङबो (पाबुङदेन्), त्रिविक्रम आङबो (बुधुक), अमर आङबो (खुँगा), नितिज आङबो (निराकुल), अम्बिका जवेगु आङबो (काठमान्डौ), स्यमध्वज आङबो (खुंगा, प्रेम कुमारी आङबो (चम्पेटार), निर माया कार्की आङबो (फिदिम), सम्झना राई आङबो (चम्पेटार), रोहित आङबो (पाबुङदेन्), कुबेर आङबो (पाबुङदेन्), पृथ्वी आङबो (मोरङ लेटाङ्ग) चयन भएका छन् ।