April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका लागि  मतदान सुरु

1.8K

काठमाडौं। लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका लागि  मतदान सुरु भएको छ । मतदान घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा १० बजेदेखि सुरु भएको हो । 

रुपन्देहीका खिमलाल भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि सोही स्थानमा उपनिर्वाचन भएको हो । 

निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरूले अहिले मतदान गरिरहेका छन् । मतदान स्थलमा २ वटा मतदान केन्द्र निर्धारण  गरिएको छ । 

Advertisement

राष्ट्रियसभा सदस्यका लागि नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन् ।