April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

रौतहटमा समुदाय स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता अभियान कार्यक्रम सम्पन्न

1.8K

रौतहट । रौतहटमा समुदाय स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता अभियान कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार रौतहट जिल्लाका चन्द्रपुर नगरपालिकाका मावि जुडीबेला, महेन्द्र माध्यमिक विद्यालय रैयाटोल, नेपाल राष्ट्रिय आधारभूत खैराहा र बारा जिल्लाको नेपाल राष्ट्रिय आधारभुत नितनपुर, नेपाल राष्ट्रिय विद्यालय लगायतका विद्यालयहरुमा समुदाय स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम गरिएको हो ।

स्कुल बाल क्लबका बालबालिकाहरूद्धारा समुदायमा रहेको शौचालय अनुगमन तथा सरसफाइ पनि गरिएको थियो । विद्यार्थीहरुले शौचालय सफा रहेकोलाई पुरस्कार स्वरुप साबुन वितरण गरेका थिए भने सरसफाइ नभएको ठाउँमा आफै सरसफाइ गरेर जनचेतनामूलक कार्य गरेका थिए ।

युनिसेफको आर्थिक सहयोग तथा छायाँ नेपालको सहकार्यमा भएको उक्त कार्यक्रममा ‘घ स्टार स्कुल’ निर्माण कार्य पनि भईरहेको छायाँ नेपाल कार्यकारी निर्देशक कमल थापाले जानकारी दिए ।

Advertisement

कार्यक्रममा छायाँ नेपाल कार्यक्रमका राम महर्जन, अशिश सिहं, प्रधानाध्यापक युगल किशोर कुमार, कमला थापा, स्टाफ नर्स खुश्बु चौधरी लगायतको उपस्थिति थियो ।