एशियाको लस भेगास भनेर चिनिने मकाऊ चाइनामा विभिन्न रोजगारीको सिलसिलामा बिशेष गरि सुरक्षाकर्मीको रुपमा पुगेका लिम्बू दाजुभाइहरू द्वारा सन् २००४ मा आफ्नो समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुलाई गाह्रो अप्ठ्यारो परेको सन्दर्भमा सहयोग र संरक्षण गर्न किराँत याक्थुङ् चुम्लुङ् प्रवास समितिको स्थापना गरिएको थियो।
पछिल्लो समयमा आएर कियाचु मकाउले आफ्नो भेषभुसा, भाषा, संस्कार-संस्कृति र चाडपर्वलाई पनि सम्बर्धन र प्रवर्धन गर्दै चासोक तङनाम जस्ता आफ्ना मौलिक चाडपर्वहरुलाई मनाउदै र बिभिन्न सामाजिक कामहरू गर्दै आईरहेको छ।
उक्त कार्यको मध्यनजर गर्दै आफ्नो भावी कार्यक्रमहरुलाई आधिकारिक रुपमा अझ प्रभावकारी बनाउदै लैजान कियाचु तदर्थ कार्यसमितिका अध्यक्ष श्री चण्डी प्रसाद योङ्याको अध्यक्षतामा प्रथम अधिवेशन सहित येले तङ्बे ५०८० र चासोक तङनाम बिभिन्न सामाजिक संघ संस्था र जात जातीहरुको प्रतिनिधिहरूको उपस्थितिमा मकाउको ८८४८ औथेन्तिक रेस्टुरेन्टमा सम्पन्न गरेको छ।
कार्यक्रम सन्चालन तदर्थ समितिका सचिव श्री सेरहाङ याक्सोले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रथम अधिवेशनबाट चयन हुनुभएका महासचिव श्री मेघराज लिम्बू (नयोङहाङ) ले राख्नुहुँदै किराँत याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालयवाट अध्यक्ष योगराज वनेम ज्यूले पठाउनु भएको शुभकामना पत्र वाचन गरेर सुनाउनु भएको थियो ।
कोभिड १९ को महामारीको कारण केन्द्रवाट प्रतिनिधि पठाउन असंभव भएकोले संस्थाका संस्थापक सदस्य जीत सेन्दाङको विशेष आतिथ्यमा गरिएको उक्त कार्यक्रममा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतवाट चयन गरिएको थियो । उक्त समितिमा अध्यक्ष चण्डी योङया, उपाध्यक्ष द्वय क्रमश: शेरहाङ याक्सो र मनोज लक्सम्बा, महासचिवमा मेघराज लिम्बु (नयोङहाङ), सचिव सन्देश लिम्बु (सिङथाबा), सहसचिव नारायण ईस्बो, कोषाध्यक्ष नविन लिम्बु , सहकोषाध्यक्ष देउहाङ लिम्बू , सदस्यहरुमा क्रमश: युगेश सेलिङ, कविराज तुम्बापो, तारा सेनेहाङ , राजु कुमार लिम्बु (नयोङहाङ), कुमारी सुब्बा र सल्लाहकारद्वय जीत सेन्दाङ र तेज थक्लुङ्ग चयन हुनुभएको छ।
अतिथिहरु क्रमशः किरांत राई यायोखा, शेर्पा समाज तथा तामाङ घेदुङ सहित विभिन्न प्रतिनिधिहरुले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा आफ्नो कार्यकाल सकेर नेपाल जान लाग्नु भएका सुरज तुम्बाहाम्फे र शर्मिला लिङदेनलाई खादा लगाएर मायाको चिनो प्रदान गर्दै कार्यक्रमका अध्यक्षले वहाँहरुको आगामी दिनहरु प्रति उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्नु भएको थियो साथै कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई धन्यवाद दिंदै चासोक तङनाम तथा अंग्रेजी नयावर्ष को अवसरमा सबैको सुस्वास्थ र दीर्घायु सहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो।
अधिवेशनवाट चयन हुनुभएका कार्यसमितिलाई चुस्त दुरुस्त बनाउदै आगामी कार्यक्रमहरु अझ भव्य र सभ्य तवरवाट सम्पन्न गर्ने साथै आगामी दिनहरुमा लिम्बुहरुको हितको लागि मात्र नभई विभिन्न जातजातिहरु र संघ संस्थाहरुसंग समन्वय र सहकार्य गर्ने प्रतिवद्धता जाहेर गर्दै हरेक कार्यहरु केन्द्र संग परामर्श लिएर कार्यन्वयन गर्ने प्रतिवद्धता सहित अध्यक्षले कार्यक्रमको समापन गर्नुभएको थियो।