लन्डन। प्रधानमन्त्री केपी ओलीले हठात संसद विघटन गरे पछि त्यसको विरुद्धमा रहेकाहरु प्रवासमा पनि संगठित हुँदैछन् । नेकपा प्रचण्ड-माधव पक्षले प्रवासलाई लक्षित गरी जनवरी, ३ आइतबार नेपाली समय साॅझ ५ बजे अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा छलफल कार्यक्रम गर्ने भएको छ।
भर्चुअल प्रविधि मार्फत हुने छलफल कार्यक्रममा प्रवासमा रहेका अगुवा कार्यकर्ताको सहभागिता रहने र स्थायी कमिटी सदस्यद्वय भीम रावल र बर्षमान पुनको समेत उपस्थिति रहने प्रवास समन्वय कमिटीले जनाएको छ।
नेकपाको प्रवासमा क्रियाशिल संगठन प्रवासी नेपाली एकता मञ्चका अधिकांश देशका अध्यक्ष र सचिव प्रचण्ड-माधव पक्षमा देखिएका छन् भने पार्टी समन्वय कमिटीका अध्यक्ष युवराज चौंलागाई र सचिव श्रीप्रसाद शाह पनि यतै छन्।
पार्टी समन्वय कमिटीले अंग्रेजी नयाँ बर्ष २०२१ को अवसरमा पार्टी स्थायी सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।