April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

सिरियामा आवासीय भवन भत्किँदा १६ जनाको मृत्यु

2.2K

एजेन्सी ।  सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्किँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ।

साततले भवन भत्कँदा  पाँच बालबालिकासहित १६ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार भवनमा बसेका सात परिवारका १६ सदस्यको ज्यान  गएको हो।

भवनमा ३५ जना बसेको स्थानीयवासीले बताएका छन्। प्रहरीले मृतकको संख्या अझै बढ्नसक्ने बताएको छ। यहाँको सरकारी समाचार समिति सानाले सो भवनको भग्नावशेषमा पुरिएकाको  उद्धारको काम जारी रहेको जनाएको छ। भवनका भग्नावशेषबाट एक जनालाई मात्र जीवित उद्धार गरिएको छ।

Advertisement

एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण उत्तरी जिल्ला अफ्रिनबाट विस्थापित सिरियाली नागरिक उक्त भवनमा बस्दै आएका सिरियाली गृह मन्त्रालयका अधिकारीले जनाएका छन्।  

सिरियामा जारी द्वन्द्वमा परी करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ। अधिकांश विस्थापित सिरियाली यस्तै कमजोर प्रकृतिका भवनमा बस्दै आएका छन्।

गत सेप्टेम्बरमा पनि अलेप्पोनजिकको फर्दवासमा एक यस्तै कमजोर भवन भत्किँदा तीन बालबालिकासहित १० जनाको मृत्यु भएको थियो।