काठमाडौं : नील आर्मस्ट्रङसँगै चन्द्रमामा पुगेका बज एल्ड्रिनले ९३ वर्षको जन्मदिनमा विवाह गरेका छन्। यो उनको चौथो विवाह हो।
बज एल्ड्रिन सन् १९६९ को अपोलो ११ मिसनमा चन्द्रमामा पाइला राख्ने दुई अन्तरिक्ष यात्रीमध्ये एक हुन्।
उनले आफ्नो ९३ औं जन्मदिनमा विवाह गरेको ट्वीटमार्फत घोषणा गरेका छन्। उनले डाक्टर एन्का फौरसँग लस एन्जलस, क्यालिफोर्नियामा एउटा सानो समारोहमा विवाह गरेका छन्।
६४ वर्षकी आन्का फौर मेडिकल डाक्टर हुन् जसले हाल बज एल्ड्रिनको कम्पनी बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्षको रूपमा काम गर्छिन्।
आन्काले १९९६ मा पिट्सबर्ग विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा पीएचडी गरेकी थिइन्।
आफ्नो ९३औं जन्मदिनमा र आफूलाई लिभिङ लेजेन्ड्स अफ एभिएसनद्वारा सम्मानित गरिएको दिनमा विवाह गरेको घोषणा गर्न पाउँदा खुसी भएको बताएका छन्।
आफू लामो समयदेखिको आन्का फौरसँग प्रेममा रहेकोमा जन्मदिनमा विवाह बन्धनमा बाँधिएको उनले बताएका छन्।