इलाम । नेपाली काँग्रेस इलामका सभापति तथा समाजसेवी डम्बर बहादुर खडकाले गत निर्वाचनमा जनतामाझ गरेका प्रतिबद्धताहरु पुरा गर्दै जाने बताएका छन ।
प्रतिनिधि सभा सदस्य इलाम क्षेत्र नं २ प्रत्यासी उम्मेदवार खडकाले गत मंसिर ४ गते सम्पन्न निर्वाचन अघि जनतामाझ राखेका कामहरु आफनो क्षमताले भ्याएसम्म पुरा गर्दै जाने बताए ।
हाल उनले इलाम नगरपालिका स्थीत वडा नं ८ का श्री सिंहदेवी आधारभुत बिद्यालय र श्री बिद्या आधारभुत बिद्यालय तिल्केनी र महभिरका सामुदायिक बिद्यालयका गरीब तथा सर्वसाधारण परिवारका बिद्यार्थीहरु चिसो मौसमका कारण कठयाङरिएर बिद्यालय आउन नसक्ने अवस्था रहेको जानकारी प्राप्त भएपछि बिद्यालय परिसरमै पुगेर बिद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरेका छन् ।
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गंगा रेग्मि बद्रि खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिषेश अतिथि वडाध्यक्ष दलमान तामाङ लगायत बिद्यालयका अभिभावकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।