November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक

1.6K

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित भएका छन्।

लेखकलाई कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले दलको प्रमुख सचेतकमा मनोनित गरेका हुन्।

लेखकलाई नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।

Advertisement

कञ्चनपुर–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका लेखक सभापति देउवा निकटका नेता हुन्।