काठमाडौं । रौतहट २ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह एमालेमा प्रवेश गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले उनलाई लाई एमालेमा भित्राएर एमालेको सिट सङ्ख्या बढाएका छन् ।
प्रतिनिधिसभा तर्फ कुल ७८ सिटमात्र ल्याएको एमालेले एक सिट थप्दै ७९ पुर्याएको छ । अध्यक्ष ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् । सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।
साह रौटहट २ मा ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मो. फिरदोस आलमले २८ हजार २४८ मत ल्याएका थिए ।