November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्वव थापा विजयी

1.7K

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा झापाका उद्वव थापा विजयी भएका छन् । उनले १८ मत प्राप्त गरे ।
थापासँगै भिडेका केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त गरे । प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।

अर्याल सभापति शेरबहादुर देउवानिकट र कार्की शेखर कोइरालानिकटका हुन् । पार्टीका प्रदेश कमिटी सभापतिसमेत रहेका थापा कृष्ण सिटौलानिकटका हुन् ।

पाँचदलीय गठबन्धन भत्किएसँगै एकाएक यहाँको संसदीय दलको समीकरण बदलिएको थियो ।

Advertisement