काठमाडौं । भारत आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा भएको तेलुगु देशम पार्टी (टिडिपी)को कार्यक्रममा भागदौड मच्चिंदा ७ जनाको मृत्यु भएको छ । केही मानिसहरु घाइते भएको र उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।
भारतीय समाचारहरुले उल्लेख गरेअनुसार बुधबार भएको उक्त र्याली पार्टीका प्रमुख एवम् आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले आयोजना गरेका थिए । नायडुले रोड शो गर्ने बेला उनको गाडी वरिपरी हजारौंको भिड जम्मा भएको थियो । त्यही बेला भागदौड मच्चिदा सात जनाको मृत्यु हो ।
तेलुगु देशम पार्टीले घटनामा मृत्यु भएकाका परिवारलाई १० लाख रुपैयाँको दरले राहत प्रदान गर्ने घोषणा गरेको छ ।