November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेप्से सूचक सर्वाधिक उचाइमा

2.8K

काठमाडौं- नेप्से सूचक सर्वाधिक उचाइमा पुगेको छ। समायोजन भएर सस्तिएको कम्पनीको सेयर किन्ने होडबाजीले उचाइमा पुगेको हो । बिहीबार नेप्सेसूचक २५ दशमलब ११ अंकले सुधार भएर २०८७.२७ अंक कायम भएको छ।

यसअगाडि नेप्से सूचक सबैभन्दा धेरै मंसिर ३० गते २०६७ अंक कायम भएको थियो।

लगानीकर्ताहरुबीचमा  बुक क्लोज अगाडि भन्दा बुक क्लोजपछि बढी आकर्षण देखिएको छ। अधिकांश वाणिज्य बैंकको सेयर मूल्य समायोजन भइसकेको छ। निर्जीवन बिमा कम्पनीको सूचकबाहेक सम्पूर्ण सूचक तथा उपसूचकमा सुधार भएको छ।

Advertisement

वाणिज्य बैंकको सूचक ३० अंकले सुधार भएको छ। सूचकमा उल्लेख्य सुधार हुँदा पनि ५ अर्ब ७० करोड रुपैयाँको मात्रै कारोबार भएको छ।