November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिएन: नेता सिंह

4.5K

काठमाडौं । नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले नेपालमा राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिन नसकेको बताएका छन् ।

सोमबार नेपाल सेतेरियो कराँते केन्द्रीय शाखा डोजोले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले संविधान कार्यान्वयन गर्न आवश्यक ऐनको अभावका कारण विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिक साथै खेल क्षेत्रको विकाशमा सोचे जस्तो कार्य गर्न सम्भव नभएको बताए

संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउन पर्ने भए पनि उचित कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचे जस्तो कार्य गर्न नसकेको बताएका छन् ।

Advertisement

त्यसैले अबको दिनमा आफूले सङ्घीयता कार्यान्वयन साथै तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउनका लागि कानुन निर्माणमा लाग्ने बताए । त्यस्तै उनले समाजमा सकारात्मक ऊर्जा प्रदान गर्न खेल र खेलाडीले खेल्ने भूमिकाको प्रशंसा गरेका थिए । सिंहले समग्र खेल क्षेत्रको विकाशका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने दाबी गरे ।