काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । कार्की ११२ मतान्तरले निर्वाचित भएका हुन् ।
सुरुवातबाट नै कार्की र नेकपा एमालेका उमेद्धार जगदिशप्रसाद कुसियैतबिच टक्कर भएको थियो । आलोपालो अग्रता लिदै अघि बढेको मतगणनामा अन्तत कार्कीले बाजी मारेका हुन् । २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट कार्की निर्वाचित भएका थिए ।
३० हजार ४ सय ८३ मतले कांग्रेसका उमेद्धार कार्की निर्वाचित हुदा नेकपा एमालेका उमेद्धार कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गरेका छन् ।
मतगणनाकै बिचमा विवाद उत्पन्न हुँदा मतगणना रोकिन पुगेको थियो । मतगणनाका क्रममा आयोगले नै ६ सय ६ मत एमालेतर्फ जोडेको कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुुर कार्कीले आरोप लगाएका थिए । विवाद उत्पन्न भएपछि पटक पटक सर्वदलीय बैठक बसेको थियो । अन्तत राजनीतिक दलबीच सहमति कायम हुन नसके पछि निर्वाचन आयोगले मतगणना सुचनरु गर्न निर्देशन दिएपछि मतगणना सुचारु गरिएको थियो ।