April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

लण्डनमा महागुरु फाल्गुनन्दको १३८ औँ जन्म दिवस र चासोक पूजा सम्पन्न

2.9K

लन्डन । लन्डनमा महागुरु फाल्गुनन्दको १३८ औँ जन्म दिवस र चासोक पूजा सम्पन्न गरिएको छ । १२ नोभेम्बर २०२२ आइतबारका दिन लण्डन फेल्ठामस्थित किराँत सत्यहङ्मा महागुरु फाल्गुनन्द सोसाईटी युकेले महागुरु फाल्गुनन्दको १३८ औँ जन्म जयन्ति मनाएको हो । साथै उक्त दिन चासोक पूजा पनि सम्पन्न गरेको छ ।

संस्थापक अध्यक्ष तथा सल्लाहकार दिलकुमार सम्वाहाम्फे र अध्यक्ष रतनकुमार चेम्जोङले द्विप प्रजलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा उपाध्यक्ष हेम तुम्बापोले उपस्थितहरुलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । सम्भावित स्वस्थ जोखिमलाई ख्याल राख्दै हेल्थ एन्ड सेफ्टिको बारेमा संस्थाका सचिव पूर्ण कुमार फालेछुवाले जानकारी दिएका थिए ।

किराँत याक्थुङ चुम्लुङ युकेका सल्लाकार बद्रि योङहाङ प्रमुख अथिति रहेको कार्यक्रममा सभासद तारा राई विशेष अतिथि थिए भने शिव कुमार पालुङवा, रामकुमार सूबेदी, देबकुमार आंङबुहाङ कल्याण गुरुंग, चूड़ा कर्ण थामसुहांङ, बलबहदुर राई, हर्क निङलेकु, धर्म कुमारी राई, रुद्र कुमार चेम्जोङ, बिजय पाहिम, याम आंङबुहाँङ अतिथिका रुपमा उपस्थिति थिए ।

Advertisement

सेवा सावाहरु गुरु रुद्र, ओम, कमला र कल्पनाद्धारा चासोक पूजा गरीनुका साथै गुरु रुद्र चेम्जोङले महागुरूको जन्मजयन्ती र सल्लाहकार दिलकुमार साम्वाहाम्फेले चासोक पूजा बारे प्रकाश पारेका थिए । यस्तै अतिथि रामकुमार सुबेदी, ब्रेकनेल नेपाली कम्यूनिटीजÞ, बिशेष अथिति तारा राई सभासद, प्रमुख अथिति, बद्री योङहाङले महागुरुको जन्मजयन्ति र चासो पूजा आयोजना गरेर निमन्त्रणा दिने संस्था र आयोजक प्रति धन्यावद ज्ञापन गरेका थिए ।

बिहान ८ः३० मा सुरु भएको कार्यक्रम साँझ ५ बजे समापन भएको थियो । संस्थाका सचिव पूर्ण कुमार फालेछुवाले सन्चालन गरेको कार्यक्रम संस्थाका अध्यक्ष रतनकुमार चेम्जोङको अध्यक्षता रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै अध्यक्षले कार्यक्रमको समापन गरेका थिए ।