लन्डन । काभ्रे सोसाइटी युकेको अध्यक्षमा सामाजिक अभियन्ता नारायण फुँयाल चयन भएका छन् । सोमबार मिडल्यान्डको बर्मिङहममा सम्पन्न दोस्रो अधिवेशबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र अधिकारी, उपाध्यक्ष रुपक पौड्याल र बलराम मैनाली, महासचिव अश्विन नेपाल, सचिव राम श्रेष्ठ, कोषाध्यक्ष जीवन थापा र सहकोषाध्यक्ष जानकी लामा चयन भएका छन् भने सदस्यहरुमा यादव पराजुली, चन्द्र मैनाली, रीता श्रेष्ठ, शान्ता तामाङ, शम्भु गौतम, अर्जुन सापकोटा, विज्ञान हुमागाइं, प्रवेश केसी, विजय कार्की, संगीता भण्डारी र पदम गोले चयन भएका छन् ।
त्यस्तै, सोसाइटीका संस्थापक अध्यक्ष रविन्द्र शर्मालाई प्रमुख संरक्षक तथा डा महालक्ष्मी अधिकारी, दावा लामा, गोकर्ण हुमागाइं र मिलन शर्मालाई सल्लाहकारमा मनोनित भएका छन् ।
निर्वाचन समिति संयोजक पत्रकार एवम् पूर्व डिएसपी बाचस्पति रेग्मीले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए ।
नवनिर्वाचित अध्यक्ष फुँयालले सोसाइटीले बेलायतवासी सम्पूर्ण काभ्रेलीहरुलाई एकताबद्ध गर्ने, अन्य संघसंस्था तथा समुदायासँगको सहकार्य बढाउने र सामाजिक क्षेत्रमा थप क्रियाशिल बन्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिंदै प्रमुख अतिथि एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटाले सामाजिक क्षेत्रमा उदाहरणीय र जुझारु क्रियाशिल फुँयालको नेतृत्वमा काभ्रे सोसाइटी यूकेले झन् राम्रा कामहरु गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।
यस्तै, साझा नेपाली समाज यूकेका वरिष्ठ उपाध्यक्ष प्रेम मगर, सल्लाहकार एवम् यार्डली समाजका अध्यक्ष गोकर्ण हुमागाइं र कोभ्रेन्ट्रीस्थित अभियन्ता गोविन्द सापकोटाले शुभकामना दिएका थिए ।
अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सल्लाहकार डा महालक्ष्मी पराजुलीले गरेकी थिइन् ।
अधिवेशनमा भाग लिन लन्डन, स्कटल्याण्ड, स्वीन्डन, रेडिङसहितका विभिन्न स्थानबाट झन्डै ५ दर्जनको संख्यामा बेलायतवासी काभ्रेली उपस्थित थिए । यस्तै, शान्ति नेपाली समाज बेलायतका अध्यक्ष प्रबिण खराल, नेप्लिज सेफ एशोसिएसन यूके अध्यक्ष एवम् एनआरएनए आइसीसी सदस्य कोशलेश्वर ढकालसहित विभिन्न संघसंस्थाआबद्ध अभियन्ताहरुको पनि उपस्थिति थियो ।