लन्डन। पर्बत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा अप्सरा गुरुङ निर्वाचित भएकी छन्। आईतवार सम्पन्न सोसाईटीको ९ औँ अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। उनको कार्यकालको अवधि दुई बर्षको रहने छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुरज पौडेल, उपाध्यक्षहरुमा भरत पौड्याल,विक्रम मल्ल,महा सचिवमा सञ्जय भण्डारी, सचिवहरुमा भक्त राना, गगां क्षेत्री चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा भिमलाल भट्टराई, सह-कोषाध्यक्षमा ढाकाराम बस्याल,सदस्यहरुमा शान्ता गुरुङ, लिडिया गुरुङ, सुप्रिया गुरुङ,जीवन तिवारी, बिन्दु गुरुङ, निर्मला गुरुङ, मना गुरुङ, बिष्णु गुरुङ र हितमान गुरुङ चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष अप्सरा गुरुङले पर्बत वेलफेयर सोसाइटी युके एक सशक्त सामाजिक संस्थाको रुपमा रहेको र यसले बेलायत मात्र नभई मातृभूमिलाई पनि उत्तिकै सहयोग गर्दै आएको बताईंन्।
अध्यक्ष नेत्र आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजक हितकाजी गुरुङ र सदस्यहरुमा रिमे कृष्ण गुरुङ र थर्क राना रहेका थिए । उक्त कार्यक्रममा वेलफेयर सोसाइटीका संस्थापक अध्यक्ष हितकाजी गुरुङ, निवर्तमान अध्यक्ष नेत्र आले, पूर्व अध्यक्ष दधि आचार्य,अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष एवम् सल्लाहकार पुरन गिरी, सल्लाहकारहरु ज्ञाम गुरुङ, कुसाङ गुरुङ, हरि गुरुङ, जुम काजि गुरुङ, थर्क राना, यूबन गुरुङ, अन्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ समाजसेवीले नवगठित कार्यसमितिलाई कार्यसफलताको शुभकामना दिएका थिए।
सन् २००२ मा स्थापित पर्बत वेलफेयर सोसाइटी यूके बेलायतको नेपाली समुदायमा सक्रिय संस्थाका रुपमा परिचित छ। समाजले विभिन्न समयमा च्यारिटीमूलक कार्य र मातृभूमिमा विभिन्न समस्या पर्दा सहयोग पनि गर्दै आएको छ।