– शारदा भुजेल
दोहा । आइतबारबाट कतारमा सुरु हुने फुटबलको महाकुम्भ फिफा विश्वकपको उद्घाटन खेल इटालीका रेफ्री डेनियल ओरसाटोले खेलाउने भएका छन् । विश्वकपको उद्घाटन खेलका लागि फिफाले इटालियन रेफ्री ओरसाटोलाई चयन गरेको हो ।
४६ वर्षीय रेफ्री ओरसाटो युरोपियन फुटबलका निकै अनुभवी रेफ्री हुन् । उनलेे सन् २०१० बाट रेफ्री गरिरहेका छन्।
विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्ने छन् । खेल अल खोरस्थितअल बायत स्टेडियममा हुनेछ ।
पहिलो पटक विश्वकप आयोजना गरेको कतारले विश्वकपमा डेब्यू गर्दैछ।