लन्डन । हेल्प नेपाल नेटवर्क यूकेको नयाँ कार्यकारी समितिको अध्यक्षमा सचिन श्रेष्ठ चयन भएका छन् । लन्डनको स्ट्याटफोर्डमा सम्पन्न बोर्ड अफ ट्रस्टिजको विशेष बैठकबाट श्रेष्ठ निर्विरोध चयन भएका हुन् । श्रेष्ठ विगत एक दशकयता यस संस्थाका कोषाध्यक्ष थिए ।
यस्तै, कमिटीको उपाध्यक्षमा यादव भण्डारी, महासचिव प्रदिप पनेरु, सचिव डा.सुदर्शन गुरुङ र कोषाध्यक्षमा प्रतिमा जोशी चयन भएका छन् भने सदस्यमा भगिरथ योगी, प्रसिद्ध प्रधान, कुलदीप प्रधान र लछुमन गुरुङ चयन भएका छन् ।
सदस्य योगीलाई संस्थाको मिडिया संयोजकको जिम्मेवारी पनि दिइएको छ । ९ सदस्यीय कार्यकारी कमिटीका सबै पदाधिकारी एवम् सदस्य स्वतः संस्थाको ट्रस्टी पनि रहने ब्यवस्था छ ।
सन् १९९९ मा रविन्द्र मिश्रको पहलमा बेलायतबाटै शुरु भएको हेल्प नेपाल नेटवर्क युके नेपाल केन्द्रित परोपकारी संस्था हो । नेपालका लागि नेपालीकै सहयोगको अवधारणामा स्थापित संस्थाले अहिलेसम्म नेपालमा करोडौँ रुपैयाँको सहयोग गरिसकेको छ ।