April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

अमेरिकामा फुटबल टोली चढेको एक बसमा गोली प्रहार, तीन जनाको मृत्यु

२०७९ कार्तिक २९

2.1K

काठमाडौं । अमेरिकामा फुटबल टोली चढेको एक बसमा गोली प्रहार भएको छ । युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टिममाथि गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आइतबार बेलुकी फिल्डबाट फर्किरहेको टोलीमाथि विश्वविद्यालय परिसरभित्रै गोली प्रहार भएको र तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृत्यु हुनेमा युभीए फुटबल खेलाडी डीसिन पेरी (एल) डेभिन चन्डलर (एम) लाभेल डेभिस जुनियर (आर) रहेका छन् ।

पछिल्लो अपडेट अनुसार गोली प्रहारमा संलग्न भएको भन्दै एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी हिरासतमा रहेका उक्त संकास्पद व्यक्ति पूर्व फुटबल वाक–अन क्रिस जोन्स रहेको जनाइएको छ । प्रहरीका अनुसार गोली प्रहारको कारण खुलेको छैन र घटनाको अनुसन्धान जारी छ ।

Advertisement