April 12, 2025, Saturday
२०८१ चैत्र ३०
1:37:26 pm

एमालेको विजयी अभियानलाई कसैले रोक्न सक्दैन : एकनाथ ढकाल

२०७९ कार्तिक २४

1.9K

जनकपुर । नेपाल परिवार दल मधेश प्रदेश कमिटीको आयोजनामा विहीबार जनकपुरमा अगुवा कार्याकर्ता भेला नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलको सभापतित्वमा र दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

नेकपा एमालेका तर्फबाट समानुपातिक उम्मेदबार तथा परिवार दलका अध्यक्ष एकनाथ ढकालले देशैभरीबाट एमालेको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताए । पूर्वमन्त्री समेत रहेका ढकालले बिचारमा भिन्नताको बाबजुत् पनि बलियो राष्ट्रियता, तिव्र विकास, सुशासन, कृषिमा आधुनिकरण, युवा रोजगार, नेपाली नागरिकहरूको एकता लगायत समानताको एजेन्डा नेकपा एमालेसंग मिलेकोले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल समेत लागि परेको जानकारी दिए ।

साथै अहिलेको ५ दलीय गठवन्धनले देशको आमूल परिवर्तन गर्ने विकासको कुनैपनि ऐजेन्डा नभएको जिकिर गर्दै नेपाली जनताले अब स्थायी सरकार निर्माणका गरि समृद्ध नेपाल सुखि नेपालिको राष्ट्रिय एजेन्डा सफल वनाउनका लागि नेकपा ऐमालेलाई बहुमतले बिजय गराएर ऐमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको जानकारी दिए ।

Advertisement

नेकपा ऐमाले सरकार नै अबको मुलुक परिवर्तन र मधेस प्रदेशको तिव्र बिकास ऐमाले सरकारले गर्ने अहिलेसम्मकै बढी बजेट आएर प्रमाणीत भईसकेको बताए । साथै कार्यक्रममा नेपाल परिवार दल महामन्त्री एवं मधेश प्रदेश संयोजक सन्तोष कुमार पौडेलले ३५ हजार मत मधेश प्रदेशमा सुर्यमा खसाल्ने प्रतिबद्धता गरेका थिए।

उक्त कार्यक्रममा नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेल ,केन्द्रीय सदस्य मनोज लाल कर्ण, सोभित मण्डल , पल्टन पटेल, रामविश्वास राय, रिता कुमारी महतो, पुरुषोतम कार्की , रविन्द्र चौलागाई , बव्लु खानलगाएत मधेश प्रदेशका नेताहरू र अगुवा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो भने धनुषा जिल्ला अध्यक्ष शिभ शंकर यादवले स्वागत मन्तव्य राखेका थिए ।