काठमाडौं । काठमाडौं क्षेत्र नम्वर १ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहले विगत पाँच वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको बताएका छन् । मंगलबार घरदैलो कार्यक्रमका क्रममा उनले उक्त कुरा बताएका हुन् ।
पछिल्लो समय चुनावी कार्यक्रममा व्यस्त रहेका सिंह मंगलबार पनि चुनावी घर दैलो कार्यक्रमका लागि निरन्तरता दिएका छन् । चुनावी प्रचार कै क्रममा उनले यस क्षेत्रबाट आफुलाई मतदाताले तीन पटक विश्वाश गरेको तर शुरुको दुई पटक संविधान निर्माणमा व्यस्त रहनु परेकाले भौतिक विकासमा त्यति समय दिन नसके पनि संविधान निर्माण पछि भने आफुले यस क्षेत्रको हरेक प्रकारका विकासका गतिविधि अगाडि बडाएको बताए ।
हरेक टोल टोलमा आफुले कुनै न कुनै प्रकारको विकासको योजना जनतासामु पुर्याएको उनले बताए । सुकुम्बासी समस्या व्यवस्थापन देखि लिएर सामुदायिक विधालय सुधारका लागि पनि आफुले कार्य गरेको बताए ।
सोही कारण पनि यस पटक मतदाताहरुले सकरात्मक प्रतिकृया दिइरहेको बताए । यस पटक विकासका कामका विषयलाई लिएर जन गुनासो कम रहेको उनको भनाइ थियो । मतदाताले मेलम्ची पानीको बारे गुनासो गरेको बताउँदै उनले आफुले जनतालाई केहि समय कुरिदिन आग्रह गरेको बताए ।
विगतमा पनि कांग्रेस र आफ्नो नेतृत्वमा यहाँका जनताका साना साना निमन्त्रणालाई स्विकार गर्दै जनताका आवश्यकताहरु तथा गुनासोहरु नजिकबाट सुन्ने र समाधान गर्ने गरेको भएर मतदाताले यस पटक पनि कांग्रेस र आफुलाई बहुमत दिने विश्वास ब्यक्त गरे । विकासका काम साथै संविधान कार्यान्वयन गर्न कांग्रेसहितको सहित गठवन्धनका उम्मेदवारलाई मत दिन उनको आग्रह छ ।