November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

न्युयोर्कको म्यानहटनमा अग्लो भवनमा आगलागी, कम्तिमा ३८ घाइते

२०७९ कार्तिक २१

2.6K

न्युयोर्क । न्युयोर्कको म्यानहटनमा अग्लो भवनमा आगलागी हुँदा कम्तिमा ३८ जना घाइते छन् । अग्नी नियन्त्रकहरूले डोरी प्रयोग गरेर आगोमा फसेकाहरुको उद्दार गरेका थिए ।

४२९ इस्ट ५२ स्ट्रीटमा रहेको सडकमा विद्युतीय साइकलमा रहेको लिथियम आयन ब्याट्रीका कारण आगलागी भएको अधिकारीहरूले बताएका छन्। आगलागी भएको युनिटमा कम्तिमा पाँचवटा ई बाइक थिए ।

अपार्टमेन्टका एक बासिन्दाले बाइकहरू मर्मत गर्ने गरेको भन्दै अनाधिकृत व्यापार गतिविधि भएकोबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । यो वर्षमात्र न्यूयोर्क शहरमा करिब २०० आगलागीका घटना लिथियम आयन ब्याट्रीका कारण भएका छन् । जसमा छ जनाको मृत्यु भएको छ ।

Advertisement

यी ब्याट्रीहरू इलेक्ट्रिक बाइक, स्कूटर र होभरबोर्डहरूमा पाइन्छ। ब्याट्रीका कारण लागेको आगो सामान्यतया तीव्र हुन्छ । वरपरका कुनै पनि प्रज्वलनशील वस्तुले चाँडै गति लिन सक्छ ।