November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

ओलीलाई देउवाको कटाक्ष : दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता आउँछ ?

२०७९ कार्तिक १९

1.8K

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष ओलीमाथि कटाक्ष गरेका छन् । शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै कांगेस सभापति समेत रहेका देउवाले दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा नआउने भन्दै ओलीमाथि कटाक्ष गरेका हुन् ।

उनले भने ,‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो । बन्दुक ल्याउनुहोला । होइन भने कुटनीतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ ।’

उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे । प्रधानमन्त्री देउवाले भने, ‘खगराज भट्ट माओवादीको नेता हो । उहाँ र हाम्रो पार्टीका साथीहरू मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ। डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ । उहाँलाई शेरबहादुर देउवा भनेर भोट हालिदिनुहोला ।’

Advertisement

उनले आफू पाँचौपटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको बताए ।