April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

रेड बुलका मालिक डायट्रिच माटेस्चिजको निधन

2.3K

लन्डन । अष्ट्रियन व्यावसायी डायट्रिच माटेस्चिजको निधन भएको छ । रेड बुलका मालिक तथा सह–संस्थापक ७८ वर्षीय माटेस्चिजको शनिबार निधन भएको कम्पनीको फर्मुला वन टोलीले पुष्टि गरेको हो । खेलकुदका उत्कृष्ट व्यक्तित्व समेत रहेका माटेस्चिजको गम्भीर रोगका कारणले भएको अन्तराष्ट्रिय समाचारहरुमा उल्लेख छ ।

सानै उमेरमा खेलकुदमा चरम उत्सुक रहेका अर्बपति माटेस्चिजले चाँडै नै रेड बुललाई खेलकुद संसारमा ल्याएका थिए । ‘मोटर स्पोर्ट्स गभर्निङ बडी एफआईए’का अध्यक्ष मोहम्मद बेन सुलेमले माटेस्चिज खेलकुदमन एक उत्कृष्ट व्यक्तित्व रहेको बताएका छन् । ‘यस समय सबै एफआईए परिवारले उहाँलाई धेरै याद गरेको छ ।’, अध्यक्ष मोहम्मद बेनले बताएको एपी न्युजले उदृत गरेको छ ।

रेड बुलले चार कन्स्ट्रक्टर्स च्याम्पियनसिप, र छ वटा ड्राइभरको उपाधि जितेको छ । कम्पनीका अनुसार डाइट्रिच माटेस्चिजले सन् १९८७ मा अस्ट्रियामा पेय पदार्थ बजारीकरण सुरु गरेका थिए ।

Advertisement