November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेसका बागी उम्मेद्वार केरुङलाई साधारण सदस्य समेत नरहने गरी कारवाही

2.2K

पाँचथर । सत्ता गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका पाँचथरको फालेलुङ गाउँपालिका निवर्तमान अध्यक्ष सञ्चकुमार केरुङलाई कांग्रेसले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

केरुङले पाँचथर सभा क बाट प्रदेश सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएर प्रचार प्रसारमा जुटेपछि पाँचथर कांग्रेसले साधारण सदस्य पनि नरहने गरी कारवाही गरेको हो ।

कांग्रेसका जिल्ला सभापति रूपनारायण जबेगुले प्रेस विज्ञप्‍ति जारी गर्दै पार्टीको केन्द्रीय नीति र निर्देशन विपरित गठबन्धन विरुद्ध उम्मेद्वारी दिएकाले कारवाही गरिएको उल्लेख गरेका छन् ।

Advertisement

पार्टी केन्द्रीय समितिको निर्णय र सर्कुलर अनुसार केरुङलाई कारवाही गरिएको जबेगुले बताए । सत्ता गठबन्धन बिच भागबन्डा हुँदा पाँचथर प्रदेस सभा क नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको भागमा परेपछि केरुङले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमलप्रसाद जबेगु उम्मेद्वार छन् ।