November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौं क्षेत्र नं ४ मा सुर्य चन्दले गगन थापालाई समर्थन गर्ने

1.6K

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा संघीय संसदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्दले अन्ततः नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाइ सहयोग गर्ने भएका छन्।

क्षेत्र नं ४ का अगुवा नागरिक समाज र विभिन्न व्यक्तित्वहरु, मतदाता र युवा बर्गहरु संगको विभिन्न चरणको भेटघाट, छलफल मार्फत आसन्न निर्बाचनमा नेपाली कांग्रेसका युवा नेता तथा जनताका आशा भरोसाका केन्द्र गगन थापालाइ सहयोग गर्ने निर्णय अनुसार उम्मेद्वारी मनोनयन दर्ता नगरी गगन थापा जिताउँ अभियानमा लागेको चन्द बताउँछन।

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्रि समेत रहेका गगन थापा अहिलेका युवा पुस्ताका जुझारु नेता र देशलाई नेतृत्व गर्न सक्ने क्षमता भएका नेतामा पर्छन यधपी उनीमा भएको कमी कमजोरीलार्इ आत्मालोचना गर्दै काठमाडौं क्षेत्र नं ४ को लागि जनताको भावना अनुरुप विकास उन्मुख काम गर्ने प्रतिबद्धता र संकटमा रहेको संसदीय प्रणालीलाइ सुधार गरि देश र जनताको हितमा काम गर्ने उनको बचनबद्धताको कारणले यस निर्बाचनमा गगन थापालाइ पूर्ण साथ सहयोग गर्ने सुर्य चन्दले बताए।

Advertisement

नेताहरूका कार्यशैलीले राजनीतिप्रति नै वितृष्णा बढाएको समयमा आशाको दियो बनेर पार्टी भित्र होस् अथवा संसदमा बिद्रोह गर्दै प्रतिपक्षिको भूमिका निर्बाह गर्ने र नेतृत्व पुस्तान्तरणको चर्को आवाज उठाउने युवा पुस्ताका प्रतिनिधि पात्र थापा मुलुकको रक्षा र बिकाशको लागि अपरिहार्य भएकोले गर्दा उनलाई जिताएर संसदमा पुर्याउन आबश्यक रहेकोले पनि काठमाडौं क्षेत्र नं ४ का नेपाली कांग्रेस बाट उम्मेदवार बनेका थापालाई मतदाताहरुले बिबेक प्रयोग गरि मतदान गर्नु पर्नेमा संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द जोड दिन्छन।

मुलुकले परिबर्तन खोजिरहेको समयमा नेपाली जनताहरु बीच लोकप्रिय बनेका युवा नेता गगन थापालाइ मंसिर ४ गते हुनगईरहेको चुनाबमा प्रत्यक्ष तर्फ मतदान गरि अत्याधिक बहुमतले जिताउन तथा गगन थापाको विकल्प अन्य नरहेको काठमाडौं क्षेत्र नं ४ का मतदाताहरु समक्ष चन्दले आग्रह गरेका छन्।