November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

तिहारको मुखमा व्यापारीहरु निराश, प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध

2.4K

काठमाडौं । तिहारमा राम्रो आम्दानी गर्ने लक्ष्य बनाइरहेका व्यापारीहरुका लागि सरकारको निर्णयले निराश बनाएको छ । सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने भएपछि व्यापारीहरु तनावमा छन् ।

वन तथा वातावरण मन्त्रालयले गत साउन १२ गते गरेको निर्णय तिहारअघि लागु गर्ने निर्णय गरेको हो । उक्त निर्णयमा प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाइको छ ।

वातावरण विभागले सार्वजनिक सूचना जारी गर्दै तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न सचेत गराएको छ । सूचनामा भनिएको छ, ‘कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैँयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुने छ ।’

Advertisement