April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बझाङमा जीप दुर्घटना अपडेट : ज्यान गुमाउने ४ को पहिचान खुल्यो

1.5K

चैनपुर : बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने ४ जनाको पहिचान खुलेको छ। पहिचान खुलेका ४ जनामा २ महिला र २ पुरुष रहेका छन्।

दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। उनका अनुसार अन्य मृतक र घाइतेहरूको पहिचान खुलेको छैन।

बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका २ खेतकोट जाँदै गरेको जीप बुधबार दिउँसो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो। सु.प.प्र ०१–००१ च ११७ नम्बरको जीप तुफानडाँडामा दुर्घटनामा परेको हो। जीप सडकबाट २ सय मिटर तल भीरमा खसेको थियो।

Advertisement

अहिले घाइतेहरूलाई जिल्ला अस्पताल सीमखेत ल्याउने काम भइरहेको समेत सूचना अधिकारी अवस्थीले बताए।