November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्न सुरु

2K

काठमाडौं : राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग निर्माण कार्य सुरु भएको छ। 

आज विहानदेखि टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएको हो । उर्जा मन्त्री पम्फा भुसालले सुरुङ खन्ने कार्यको अनुगमन तथा निरीक्षण गरेकी थिइन्।  सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले ११ अर्ब रुपैयाँमा पाएको छ। 

कमलामाई नगरपालिका–२, कुसुमटारमा प्लेटफर्म निर्माणको काम पूरा गरेपछि टीबीएम मेसिनमार्फत औपचारिक रूपमा सुरुङ खन्न थालिएको हो। कुनै भौगर्भिक समस्या नआए दुई वर्षभित्र सुरुङ खनिसक्ने योजना छ। टीबीएमले आठ/आठ घण्टाका दरले तीन सिफ्टमा गरी चौबीसै घण्टा सुरुङ खन्ने आयोजना प्रमुख मित्र बरालले बताए। 

Advertisement

आयोजनाका अनुसार १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोशीको पानी प्रतिसेकेण्ड ६७ क्युसेकका दरले सुरुङमार्फत कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ। 

६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् पनि उत्पादन गरिनेछ। बहुउद्देश्यीय आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने रहेको छ।