काठमाडौं । इन्डोनेसियाको एक फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तिमा १७४ मृत्यु भएको छ भने १८० जना घाइते भएका छन् ।
पूर्वी जाभाको मलंगमा शनिबार अबेर राति भीडभाड भएको रंगशालामा घरेलु टोली अरेमा एफसीले प्रतिद्वन्द्वीसँग पराजित भएपछि हार्ने पक्षका समर्थकले पिचमा आएर आक्रमण गरेपछि भागदौड मच्चिएको थियो । समर्थकलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो ।
आतंक मच्चिएपछि हजारौं मानिस कान्जुरुहान स्टेडियमबाट बाहिर निस्किए, जहाँ धेरैजना निसासिएका थिए ।