April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मलामी खाजा स्वरुप मृतक परिवारलाई आर्थिक सहयोग गर्ने छथर गाउँपालिकाको निर्णय

10.7K

काठमाडौं । छथर गाउँपालिकाले मृतक परिवारका लागि मलामी खाजा स्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।पालिकाले विपन्न परिवारमा प्रत्यक्ष सहयोग पुगोस् भन्ने उद्देश्यले रू ५ हजार दिइने निर्णय गरिएको हुँदा वडाबाट मृत्यू दर्तासहित पालिकामा सम्पर्क गर्न पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

ग्रामिण परिवेशका विपन्न परिवारलाई आर्थिक समस्या हुने र कतिपय अवस्थामा चन्दा उठाएर मलामी खाजा व्यास्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको हुँदा यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

यस्तै, गाउँपालिकाले नवजात शिशु स्वागत उपहार कार्यक्रम, विवाह जोडी बधाई कार्यक्रम पनि लागु गरेको छ । अध्यक्ष तिगेलाका अनुसार नवजात शिशु स्वागत उपहार कार्यक्रम अन्तर्गत प्रति शिशु १ हजार र विवाह जोडी बधाई कार्यक्रम अन्तर्गत १ हजार बराबरको उपहार प्रदान गरिन्छ ।

Advertisement

स्थानीय सरकार नागरिकहरूको अभिभावक भएको हुँदा जन्म, विवाह र मृत्यु संस्कारहरूमा नागरिकहरूसँग साझिदारी र अभिभावकत्व प्रदान गर्न यस्ता कार्यक्रमहरु ल्याइएको उनले बताए ।