सुनसरी । कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘कवि विमल गुरुङ कृति पुरस्कार २०७८’ का लागि १० पुस्तकहरू छनोट गरेको छ । उक्त पुरस्कारका २०७८ भित्र प्रकाशन भएका ४० जना लेखक‚ कवि तथा साहित्यकारहरूल आफ्ना कृति दर्ता गराएका थिए ।
छनोट भएका पुस्तकहरूमा प्रणय शंकरको कविता संग्रह ‘काँसभाँडा’, कविता राईको उपन्यास ‘गुरू’, निर्मल तामाङको कविता संग्रह ‘जब हावा चल्छ’, दिलीप बान्तवाको कथा संग्रह ‘ताल्चा’, सुनिता राई कन्दङ्वाको कथासंग्रह ‘तिउरी’, काङमाङ नरेश राईको कविता संग्रह ‘तेप्लायु’, विशाल विश्वकर्माको उपन्यास ‘दार्जिलिङ भर्सेस दार्जिलिङ’, बसन्त बस्नेतको उपन्यास ‘महाभारा’, दिपा मेवाहाङ राईको कविता संग्रह ‘यादको सन्दुक’ र अर्जुनबाबु माबुहाङ र अमित थेवे मिहाङको इतिहास पुस्तक ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंहका लेखोट’ रहेका छन् ।
पुस्तकालयले गठन गरेको कवि विमल कृति पुरस्कार समितिलाई निर्णायक समितिले १० श्रेष्ठ कृतिको नाम उपलब्ध गराएको हो । पुस्तकालयले नेपालमा मात्र नभएर विदेशमा बसेर नेपालीमा लेखिएका सबै विषयका पुस्तकलाई पनि मनोनयन खुला राखेको थियो ।
कवि विमल गुरुङको ५१औं जन्मजयन्तीका अवसरमा धरान–१८ बुद्धचोकस्थित पुस्तकालयमा कात्तिक १९ गते आयोजना हुने ३१औं राष्ट्रिय कविता महोत्सव–२०७९ मा छनोट गरिएका मध्येबाट एक पुस्तकलाई पुरस्कार प्रदान गरिने पुस्तकालयका संरक्षक तथा अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए । पुरस्कार राशी नगद २ लाख र ताम्रपत्र रहको छ ।
बिदेस अन्तरगत भारत का नेपाली भासी लेखक साहित्यकार का पुस्तक सङ्कलन गर्न पश्चिम बङाल को सिलिगुरी स्थित बूक्–एन्त Buk-ant प्रकाशन गृह ले सहयोग गरेकोे थियो ।