April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट !

1.5K

काठमाडौं । अनेरास्ववियूले माग गर्दै आएको स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट पाउने भएको छ । अनेरास्ववियूले माग गरेको स्वास्थ्य सेवाको छुट २०७९ असोज ९ गते स्वास्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार कार्यान्वयन हुने भएको हो ।

जस अनुसार सरकारी अस्पतालको ओपिडी सेवामा विद्यार्थी परिचय पत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था लागू हुने भएको छ ।
अनेरास्ववियूले श्रावण ४ गते स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट माग्दै स्वास्थ्य मन्त्री भवानी खापुङ समक्ष ज्ञापनपत्र पेश गरेको थियो ।

साथै गत भदौ ३० गते ध्यानाकर्षण पत्र पेश गरेको गरेको थियो । सोमबार आरआर क्याम्पसमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिएको अनेरास्ववियूका प्रवक्ता मिलन राईले जानकारी दिए ।

Advertisement