November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

फिलिपिन्समा हिंस्रक आँधीको चेतावनी, तटीय शहरका बासिन्दालाई सुरक्षित स्थलमा जान आग्रह

2.6K

एजेन्सी । फिलिपिन्सको मुख्य टापु लुजोनमा आइतबार आएको शक्तिशाली आँधी (सुपर टाइफून) का कारण तटीय शहरहरू खाली गर्न सूचना गरिएको अधिकारीहरूले बताएका छन् ।

नोरु नाम दिइएको आँधी प्रति घण्टा १९५ किलोमिटर (१२१ माइल) को अधिकतम निरन्तर हावाको गतिसहित जमिनमा अवतरण हुँदा हिंस्रक नतिजा निम्त्याउनसक्ने राज्यको मौसम पूर्वानुमान विज्ञशरूले जनाएका छन् ।

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधी राजधानी मनिलाबाट करिब ८० किलोमिटर उत्तरपूर्वमा स्थानीय समयअनुसार अपराह्न वा साँझमा आइपुग्ने भएको र अवतरणपछि आँधीे अझै सशक्त हुँदै जाने अनुमान गरिएको छ ।

Advertisement

फिलिपिन्सका राष्ट्रिय प्रहरी प्रमुख जनरल रोडोल्फो अजुरिनले भन्नुभयो, “हामी खतरा क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक परेको बेला सुरक्षित स्थानमा स्थानान्तरणका लागि गरिएको आह्वानको पालना गर्न आग्रह गर्दछौं ।”

फिलिपिन्स नियमित रूपमा आँधीबेहरीको चपेटामा पर्दै आएको छ र वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण संसार तात्दै जाँदा तिनीहरू अझ शक्तिशाली हुँदै गएको चेतावनी दिएका छन् ।

मौसम पूर्वानुमानकर्ता रोब गिलेले नोरुको तीव्र गति जमिननजिक पुगेको र यो ‘अहिलेसम्मका केही अत्यधिक हिंस्रक’ आँधीमध्येको एक हुनसक्ने बताउनुएको छ । आँधीको रफ्तार पछिल्लो २४ घण्टामा ९० किलोमिटर प्रतिघण्टाको दरले वृद्धि भएको एजेन्सीले जनाएको छ ।

फिलिपिन्समा आँधीका कारण ४०० भन्दा बढीको मृत्यु हुनुका साथै लाखौं घरबारविहीन भएको नौ महिनापछि फेरि अर्को आँधी (नोरु) आएको हो । प्रान्तीय प्रकोप कार्यालयका मेल एभेनिलाका अनुसार क्वेजोन प्रान्तका धेरै पालिकाका बासिन्दालाई घरबाट सुरक्ष्तिा स्थलमा सारिएको छ ।