काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई पार्टीमा ओलीले स्वागत गरेका हुन् । यसअघि पूर्व डीआईजी नवराज सिलवाल पार्टी प्रवेश गर्नासाथ सांसद भएका थिए ।
तर यता, महानिरीक्षकबाट सेवानिवृत्त हुँदादेखि नै खनाल एमालेमा प्रवेश गर्ने तयारीमा थिए । तर समयको पर्खाइसँगै चुनाव आइरहँदा उनी ढिला गरी एमालेमा छिरेका हुन् ।
ओली प्रधानमन्त्री रहेकै बेलादेखि तत्कालीन महानिरीक्षक खनालले एमालेका लागि काम गर्दै आएका थिए । खनाललाई जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको थियो ।