November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

अनेसासद्वारा आयोजित कविता महोत्सव–२०२२ का लागि ६७ कविता छनौट

2.1K

काठमाडौं । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजना गरिने कविता महोत्सव–२०२२ का लागि ६७ कविता छनौट भएका छन् । राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसरमा गरिने उक्त महोत्वसका लागि प्राप्त ३१८ कवितामध्ये ६७ जना सर्जकको कविता वाचनका लागि छनौट भएको हो ।

छनौटमा परेका कविहरुले असोज ८ गते शनिबार साँझ नेपालको ६ः४५ बजे अर्थात् २४ सेप्टेम्वर, शनिबार अमेरिकी पूर्वीय समयानुसार बिहानको ९ बजेदेखि भर्चुअल माध्यम जुममा हुने कार्यक्रममा सहभागी भएर कविता वाचन गर्ने आयोजकले जनाएको छ ।

महोत्सवको यस दोस्रो संस्करण प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविहरुले क्रमशः ५ सय, ३ सय र २ सय अमेरिकी डलर नगद र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

Advertisement

यी हुन् अनेसास कविता महोत्सव सचिवालयले सार्वजनिक गरेको वाचनका लागि छनौट गरेको कवि र कविताको शीर्षक:

१. कमला तामाङ– विचारको नक्शा
२.जेबी खत्री– छोरालाई चिठ्ठी
३.मोहनप्रकाश– आमाको आश
४.रामचन्द्र ढकाल ( आर.सी.अज्ञात )– सन्ताप
५. क्रिश गुल्मेली बाबू –कस्तो अचम्म
६.रूपा थापा–आरूका फूलहरू
७.निरज दाहाल–छायाहरूका विरुद्ध
८. राम अविरल विष्ट–स्वतन्त्रता
९.अजित उत्सव–नानीबाबुलाई शिक्षा
१०.सानुराजा श्रेष्ठअञ्जान–आज म जागेको छु ‘
११.वविता घिमिरे–घुम्ने कुर्सीमा सहर
१२.भोलानाथ सुबेदी–काभ्रेकी ठाहिँली
१३.डिल्ली अम्माई– बसन्ती गर्भवती भई
१४.डा. अमर कार्की– बा र हजुरबा
१५.सुन्दर कण्डेल–फर्क नेपाल साथी!
१६.प्रज्वल अधिकारी–पिरतीको आँगन
१७.युवराज काफ्ले–जातको रंग
१८. बन्दना भट्टराई –छोरीको आगमन
१९.रुपेश कुमार सदायञ्बाक्लो अन्धकार र घाइते राष्ट्रियता
२०.गीता बजगाईकक अधिकारी –भूस्वर्ग
२१.शुभचन्द्र राई–समयचित्र
२२.विक्रम चेतनशील राई–समृद्धिको रूख
२३.रत्न विरही घिमिरे–कृष्णका तटमा बसी
२४.पूर्ण भण्डारी “पवित्रदीप”–चुच्चे नक्साका मेयर
२५.प्रकाश बस्नेत गफाडी–बुद्धको देशबाट
२६.विक्रमपवन परियार–बन्दीगृह
२७.लक्ष्मी देवी गौडेल–एउटा प्रश्न ?
२८.सुन्दर शिरीष– एक परदेशीको बकपत्र
२९.अशोककुमार अर्याल–माटोका मनहरू
३०.डा. खगेन्द्रप्रसाद दाहाल–आमाको आह्वान
३१.राधिका कल्पित–सन्तानका लागि सङ्कल्प
३२.युवराज भण्डारी–मन स्नान
३३.राजेन्द्र कार्की–कृत्रिम रेखा
३४.निर्मला कोइराला–राष्ट्रकविको सम्झनामा
३५.कोमलप्रसाद भट्ट– सम्झनामा राष्ट्रकवि
३६.रविन खडका–पागल बा’को बयान
३७.रमेश भट्टराई ‘सहृदयी’–कर्मालाप
३८.विवेक दुलाल क्षेत्री’दमक’ – एक शुन्दर सुरुवात
३९.बन्धु पोखरेल –यो रगत
४०.प्रकाश खड्का “अभियान” –सन्तान
४१.हिरण्य पौडेल–तराजु
४२.उमा शर्मा– म जीवन्त बाग्मती भएर बग्नेछु
४३.गोमा रेग्मी पण्डित–आमा
४४.प्रभा पोखरेल– अठोट
४५.किरण सिवा– ठुले देश बिर्सिदैन ”
४६.कमला न्यौपाने–कामना
४७.शुभद्रा भण्डारी–तड्पिएरै मर्छु क्यारे
४८.कपिल अर्याल– सिलौटो, लोहोरो र आमा
४९.प्रकाशप्रसाद पाण्डे–समयको शिलापत्र
५०.कमलराज केसी–समुद्री किनारको देशबाट
५१.हिमाोढ पहाडी –यादहरूको पहाड
५२.डा. मुकुन्द पथिक–राष्ट्रकवि घिमिरेप्रति
५३.अज्ञात युवक–भातको सपना
५४.अग्नि पराजुली –जिन्दगीको नाँउ
५५.प्रकाश नेपाली– नारी भइ उभिनु छ
५६.सयपत्री थुलुङ–गाउँ फर्कनुअघि
५७.सीता तुम्खेवा– के आत्मा हुन्छ ?
५८.शैलपुत्र–आमा, म आएँ
५९.खेमराज गैराघरे–तँ कविता नलेख्
६०.असफल गौतम–आमा ! यतिखेर म गाउँ बनाउँदैछु
६१.नारायण अधिकारी–मान्छेको अध्ययन
६२.प्रेम संग्रौला–मान्छे आफ्नो बाटो आफै खन्छ
६३.रश्मि भट्ट–संसार नै एक हो
६४.केःबी पारखी–गन्तव्य
६५.पूर्ण विश्व– आमा तपाई नहुदा
६६.पशुपति पराजुली “सालघारी”–शहीदको सपना
६७.सुजाता घिमिरे राउत –देश, मुर्ति र मान्छेहरु