November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित अनिवार्य आवश्यक्ता : नेता सिंह

1.9K

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन् ।

लौहपुरूष गणेशमान सिंहको २५ओै स्मृति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले मौका पाउँदा संसद विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताए । सविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहको भनाई थियो ।

स्थानीय तहलाई बलियो बनाएर शिक्षा,स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुनेगरि काम गर्नुपर्नेमा सिंहको जोड थियो । सत्तागठबन्धनमा अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेकाले छिटै निकास निस्कने पनि सिंहको भनाई थियो ।

Advertisement

गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ,’ गणेशमान सिंहको २५ औं स्मृतिमा शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’ गणेशमान सिंहले देखाएको बाटो हिंड्न सकेमात्र लोकतनत्र बलियो हुने भन्दै नेपाली राजनीतिमा गणेशमान सिंहको योगदानको चर्चा गरे । कार्यक्रम गणेशमान सिह फाउन्डेसनको आयोजनामा सम्पन्न भएको हो ।