लन्डन । परराष्ट्र मन्त्री डा. नारायण खड्का बेलयातकी स्वः महारानी एलीजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा उपस्थित हुने भएका छन् । नेपाली काँग्रेसका नेता समेत रहेका खड्का शनिवार बेलुकी हीथ्रो विमानस्थलमा अवतरण हुने जनाइएको छ ।
नेपाली जनसम्पर्क समिति युकेका सभापति युवराज गुरुङका अनुसार खड्का शनिवार टर्किश एयरबाट हीथ्रो टर्मिनल दुईमा रातीको १०ः२५ बजे अवतरण हुनेछन् ।
खड्काकोे स्वागतको लागि उपस्थित भइदिन सभापति गुरुङले आग्रह समेत गरेका छन् ।