November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

2.3K

काठमाडौं : पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प गएको छ। 

दक्षिण पश्चिमी प्रशान्त महासागरीय देश पपुवान्यूगिनीमा ७ दशमलब ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। शक्तिशाली भूकम्पपछि अमेरिकी राष्ट्रिय आँधी चेतावनी केन्द्रले सामुद्रिक आँधीको चेतावनी दिएको छ। 

स्थानीय समयअनुसार आज बिहान कैनान्टु सहरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्भेले जनाएको छ। यो सहरमा साढे ८ हजार जनसंख्या रहेको अनुमान छ। भूकम्पपछि झण्डै १ हजार किलोमिटर इन्डोनेसियासम्म आँधीले प्रभाव पार्न सक्ने चेतावनी दिइएको छ। तर भूकम्प र आँधीले अहिलेसम्म कुनै क्षति पुर्याएको विवरण भने सार्वजनिक भएको छैन।

Advertisement