November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

युवा संघ नेपालको महाकाली मेची अभियान सुर्खेतमा

3K

काठमाडौं । युवा संघ नेपालको ‘महाकाली मेची रास्ट्रीय जागरण अभियान’ आज कोहलपुर हुँदै सुर्खेत बाँके लमही दाङमा गएर अभियानको सभा टुंगिनेछ । आज बिहान ११ बजे सुब्बा कुनादेखि मंगलगढी चोकसम्म बाइक र्यालीको कार्यक्रम तय गरिएको उक्त र्यालीलाई मंगलगढी चोकमा कोण सभामा परिणत गर्ने कार्यक्रम रहेको युवा संघका उपमहासचिव तथा तथा प्रवक्ता संजिव राईले जानकारी दिए ।

कार्यक्रम अनुसार ११ बजे सुर्खेतमा सभा, ४ बजे कोहलपुरमा कोणसभा ६ बजे लमहीमा पर्चा बितरण र कोण सभाको कार्यक्रम तय भएको बताइएको छ । टोलीको नेतृत्व संघका अध्यक्ष नरेश शाहील गरेका छन् । टोलीमा मोर्चा प्रमुख, इन्चार्ज र केन्द्रीय अभियान टोली सुर्खेत प्रस्थान गरि रहेको छ । अभियान टोलीमा जम्मा ५१ जना रहेका छन् ।

सुब्बा कुनादेखि मंगलगढी चोकसम्म बाईक र्यालीको कार्यक्रम तय गरि उक्त र्यालीलाई मंगलगढी चोकमा कोण सभामा परिणत गर्ने कार्यक्रम रहेको बताईएको छ ।

Advertisement

जागरण अभियान भदौ १५ देखि २३ सम्म महाकाली मेची जागरण अभियानको रुपमा तराईका २२ जिल्ला हुँदै मेची नदीमा पुगेर टुंगिने युवा संघले जनाएको छ ।