April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इलाममा सुवासचन्द्र नेम्वाङविरुद्ध स्वतन्त्र उम्मेदवारको तयारी

1.7K

इलाम । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विरुद्ध इलाम क्षेत्र नम्बर २ मा युवा ब्यवसायी तथा समाजसेवी केशव खनालले उम्मेदवारी दिने भएका छन् । पटक पटक चुनाव जित्दै आएका नेम्वाङले जनअपेक्षा पुरा गर्न नसकेकाले विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिने खनालको भनाइ छ ।

इलामको उक्त क्षेत्रमा नेम्वाङले दुई दशक अघिदेखि एकलौटी निर्वाचन जित्दै आएका छन् । तर खनालले स्वतन्त्र उम्मेदवारका रुपमा आफुले उम्मेदवारी दर्ता गराउने प्रतिक्रिया दिएका छन् ।

क्षेत्र नम्वर दुईको फाकफोकथुम गाउँपालिका ४ फुएतप्पा स्थाई घर भएका उनी आफ्नो क्षेत्रलाई विकासका हिसावमा कर्णालीसँग तुलना गर्दै अब विकासका लहरहरु ल्याउने दाबी गर्दै आएका छन् । नेम्वाङले आफ्नो निर्वाचन क्षेत्रमा विकासका लागि दुइ प्रतिशत समेत विकास गर्न नसकेकाले विकल्पको खोजी शुरु भइसकेको बताए ।

Advertisement

‘खनाल एमालेमै रहेर सक्रिय राजनीति गर्दै आएका थिए । उनी २०५३ सालमा एमालेको विद्यार्थी संगठन (अखिल)कोइलाम नगरपालिकाको संस्थापक कोषाध्यक्ष हुन । एमाले इलामकै उद्योग तथा वाणिज्य बिभागको जिल्ला सदस्य भइसकेका उनी पछिल्लो समय एमाले इलाम नगरपालिका नगरकमिटी सचिवालय सदस्य पदबाट राजीनामा दिएका थिए ।

उनका दाजु बुद्धी खनाल नेम्वाङको करिव दुई दशकसम्म निरन्तर स्वकिय सचिवमा रहेर काम गरिरहेका छन् । दलका नेताहरुले जनताको काम गर्न नसकेकाले स्वतन्त्रलाई काम गर्न कसैले नरोक्ने भन्दै स्वतन्त्र उम्मेदवारलाई जनताले रुचाउन थालेका उनको प्रतिक्रिया छ ।