काठमाडौँ – दुप्चेश्वर गाउँपालिकाले विभिन्न पदमा दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।
नुवाकोट स्थित उक्त गाउँपालिकाले सहायक पाँचौ तहको लागि हेल्थ ईन्चार्जमा १, सहायक चौथौं तहको लागि अ.न.मि. मा ३ र श्रेणी विहिनको लागि का.स. मा २ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त पालीकाका अनुसार ईच्छुक व्यक्तिले शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी, परिषद्मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी र २ प्रति फोटो सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने छ ।
त्यसैगरी, उक्त गाउँपालिकाले सुपरीवेक्षकमा पाँचौ तहमा १ जना र गणकमा पाँचौ तहको लागि ४ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
थप जानकारीका लागि फोनः नं. ९८५१२३६१४२, ९८४३१३८२७३, ९८४९९११७४८ मा सम्पर्क गर्नुपर्ने जानकारी दिएको छ ।