पोखरा । स्वतन्त्र पत्रकार संघ कास्कीले विशिष्ट नारी सम्मान तथा सञ्चार क्षेत्रमा महिला सहभागिता विषयक अन्तरक्रियासहित संघको १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सञ्चारमा क्रियाशील महिलालाई सक्षम बनाउने, प्रोत्साहन गर्ने र नारी दिवसमा महिला पत्रकार सम्मान कार्यक्रम सञ्चालन गर्दैै आएको संघले सोही शृङ्खला अन्तर्गत तीजको पर्वको आवसरमा तीन जना प्रतिभालाई विशेष सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा पोखरा महानगरका ३३ वडामध्ये एकमात्र वडामा महिला वडाध्यक्ष निर्वाचित हुसन सफल पोखरा १७ की राधिकाकुसमारी शाही, मोफसलको पत्रकारिताबाट नेपाल पत्रकार महासंघको खुसला केन्द्रीय सदस्यमा निर्वाचित हुसन सफल अधिवक्ता सरिता तिम्सिना पगेनी र रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्रको
कार्यक्रम अधिकृत रहेर दीर्घसेवाबाट सम्मानित शान्ति राणा रहेका छन् ।
सम्मानित शाही, राणा र पगेनीलाई संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, जिल्ला अध्यक्ष असपस्ल गौतम, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुसना शर्मा वर्षा, सञ्चारिका समूह गण्डकी अध्यक्ष कविता श्रेष्ठलगायतले संयुक्त रूपमा खादा, माला, अविर, सम्मानपत्र र दोसल्लाले सम्मान अर्पण गरेका थिए ।