काठमाडौं । छुरा प्रहारमा परेका प्रख्यात लेखक सलमान रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालिएको जनाइएको छ । शुक्रबार न्युयोर्क राज्यमा प्रहारमा परेका उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको र अहिले बोल्न सक्ने अवस्थामा रहेको अमेरिकी संचार माध्यमले जनाएको छ ।
भारतीय मूलका बेलायती लेखक रुस्दीलाई छुरा प्रहार गरेको आशंकामा पक्राउ परेका हाडी मटरले न्युयोर्कको एक अदालतमा आफू दोषी नभएको दाबी गरेका थिए ।
ज्यान मार्ने प्रयास र कुटपिट गरेको अभियोगमा मटरलाइ शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । उनलाई चौटौका काउन्टी कारागारमा थुनामा राखिएको छ ।